तेस्रो चरणको आन्दोलनका लागि जनमत पार्टीको बैठक बस्दै

तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्नका लागि सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । जनकपुरमा आज बस्न लागेको सो बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको कार्यक्रम बारे समीक्षा हुने सो जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहमाथि जनमत पार्टीका कार्यकर्ताले कात्तिक ४ गते गरेको दुर्व्यवहारमा संलग्न क

सम्बन्धित सामग्री

जनमत पार्टी राजनीतिक बखेडामा बस्दैन

जनमत पार्टी मधेश प्रदेशमा सरकारमा सहभागी भएको दल संघमा महत्त्वपूर्ण मन्त्रालयको सौदाबाजी गर्दागर्दै नपाई सकेपछि पछिल्लो समय खानेपानी मन्त्रालय मात्र लिएर सहभागी भएको दल हो। पछिल्लो समय विविध कारणले गर्दा विवाद भइसकेपछि उपनिर्वाचन पछि सरकारबाट बाहिरिएको दल तर अहिलेसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको अवस्था छैन। सरकारबाट बाहिरिएको छ। […]

जनमत पार्टी सत्ता गठबन्धनमै कि बाहिर ?

सत्ता गठबन्धन र जनमत पार्टीका बीचमा सुरुदेखि नै विरोधाभासहरू देखिएका थिए । मधेश सरकार गठन, उपराष्ट्रपति निर्वाचन, १० वैशाखको उपनिर्वाचन आदि राजनीतिक घटनामा सत्ता गठबन्धन एकातिर र जनमत पार्टी अर्कातिर देखिएको छ।

जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष राउतले यस्तो बताएका हुन्। जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले  राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने ह

मधेसमा समानुपातिकतर्फ जनमत पार्टी तेस्रो स्थानमा

वीरगञ्ज – मधेस प्रदेशमा जनमत पार्टी समानुपातिकतर्फ तेस्रो स्थानमा छ। हालसम्म गणना गरिएको समानुपातिक मत परिणामअनुसार जनमत पार्टी ३ लाख २९ हजार १७७ मतका साथ तेस्रो स्थानमा छ। २० लाख ८६ हजार २९८ मतगणना हुँदा नेपाली कांग्रेस ४ लाख १४४ मतका साथ पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ लाख ५१ हजार […]

निर्वाचन आयोगमा जनमत पार्टी १ नम्बरमा दर्ता

काठमाडौँ- आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टी उपाध्यक्ष ई. बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र […]

निर्वाचन आयोगमा जनमत पार्टी १ नम्बरमा दर्ता

काठमाडाैँ- आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। पार्टी उपाध्यक्ष बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू […]

लोसपा र जनमत पार्टी ‘रेड जोन’मा

स्थानीय तहको निर्वाचन परिणाम हेर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राष्ट्रिय पार्टी बन्नेमै आशंका देखिएको छ ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालै सम्पन्न स्थानीय तह चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पालिका प्रमुख र उपप्रमुखका लागि कुल दुई लाख ४३ हजार ८३१ मत प्राप्त गरेको छ । अर्थात् यो पार्टीले कुल मतको २.१ प्रतिशत मात्र मत पाएको छ । २०७४ को निर्वाचनमा राजपा नेपालको नामबाट सहभागी यो पार्टीले त्यत

जनमत पार्टी र सरकारका प्रतिनिधीबिच पहिलाे चरणकाे वार्ता सकियाे

काठमाडाैं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ। किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ। जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ […] The post जनमत पार्टी र सरकारका प्रतिनिधीबिच पहिलाे चरणकाे वार्ता सकियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी

जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ। त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ।...

जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहा रिहा

जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन्  । धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।