स्थानीय तहको निर्वाचन परिणाम हेर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राष्ट्रिय पार्टी बन्नेमै आशंका देखिएको छ ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालै सम्पन्न स्थानीय तह चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पालिका प्रमुख र उपप्रमुखका लागि कुल दुई लाख ४३ हजार ८३१ मत प्राप्त गरेको छ । अर्थात् यो पार्टीले कुल मतको २.१ प्रतिशत मात्र मत पाएको छ । २०७४ को निर्वाचनमा राजपा नेपालको नामबाट सहभागी यो पार्टीले त्यत