फेसबुकको आन्तरिक दस्तावेज लिक भएपछि आलोचना हुँदा पनि फेसबुकले पछिल्लो त्रैमासमा अपेक्षाभन्दा बढी आम्दानी गर्न सफल भएको छ । फेसबुकले जुलाईदेखि सेप्टेम्बरको बीचमा नौ अर्ब डलरको मुनाफा गरेको छ । जबकि पछिल्लो वर्ष यो कमाई ७.८ अर्ब डलर रहेको थियो ।फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हेगनले फेसबुकमाथि अनैतिक व्यवहार गरेको आरोप लगाएको बेला यो नतिजा बाहिर आएको हो । हेगनले फेसबुकको कयौँ आन्तरिक दस्तावेज मिडियामा प्रकाशित गरेकी थिइन् । उनले कम्पनीमाथि प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीमा बढी महत्त्व दिएको आ