पाँचथरमा बंगुरपालनबाट महिला राम्रो आम्दानी गर्न सफल, वार्षिक १० लाख आम्दानी हुने

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर राम्रो आम्दानीको स्रोत बनाएका हुन् । मिक्लाजुङ २ सप्तमी बजारकी कुमारी मगरले अहिले हिवारी बंगुपालन पशुफर्म दर्ता गरी मनग्य आम्दानी गरिरहनुभएको छ । बंगुरको सबै […]

सम्बन्धित सामग्री

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ)- यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता...

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ)- यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता...

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।

झिनियाँ बेचेर मनग्य आम्दानी, तिहारमा पाँच लाख कमाउने लक्ष्यमा उद्यमी !

गलकोट । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् ।  झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरीद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् ।  विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताइन् । ‘तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ । अहिले म जस्ता दर्जनौं महिला झिनियाँसहितका रोटीका परिकार विक्री गरेर मनग्य आम्दानी गरिरहेका छौं,’ उनले भने, ‘तिहारमा मात्रै रू चार/पाँच लाखको झिनियाँसहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।’ यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले रोटीका परिकारको विक्री भइरहेको बताइन् । उनले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको जानकारी दिइन् ।  हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । सिजनको व्यापारमा कमाएको रकमले वर्षभरि घरखर्च पुग्ने उद्यमीहरूको भनाइ छ ।  मिराले विगत १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छन् । ‘तिहारमा झिनियाँको व्यापार बढी हुन्छ । तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ । पहिला जस्तो नाफा त छैन, चामालको मूल्य बढेपछि नाफा थोरै भएको हो,’ मिराले भनिन्, ‘पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ । यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन । झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।’  मिरासँगै उनका श्रीमान् र छोराले दशैंअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरू बनाइराखेका छन् । तिहारका समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ । बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरूले धान्दै आएका छन् ।  मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार विक्रीबाट रू सात लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिइन् । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत तयारी रोटीको माग रहेको उनको भनाइ छ । रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् ।  रङ्ग मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकाले समेत अनुरोध गरेको छ । उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।  बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रू दुई सय ५० र सानोमा रू एक सय ४० मा विक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर विक्री भइरहेको छ । यस्तै, चिनी रोटी रू ८०, फिनी रू ७०, भेली रू ५० र नमकिन रू ५० मा विक्री भइरहेको छ । रासस

आधा रोपनीमा लगाइएको पिडालुबाट डेढ लाख कमाइ

तनहुँँमा एक महिला उद्यमीेले थोरै जमिनमा लगाइएको पिडालु खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौली हुनुहुन्छ ।

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला

काठमाडौँ,१९ माघ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । http://www.adbl.gov.np सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक रु १५ लाखसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताइन्। स्थानीयस्तरमै अचार […]

पाल्पाका महिलालाई घाँस खेतीबाट मनग्य आम्दानी!

पाल्पा – तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट आम्दानी हुन थालेपछि उनीहरू व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्। तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रूपमा व्यावसायिक घाँसखेती गरी १५ हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। केही वर्षदेखि घाँसको […]

सामूहिक तरकारी खेतीतर्फ कावासोतीका महिला

पूर्वी नवलपरासीको कावासोती नगरपालिका –३ सृजनशील टोलका महिलाहरुले सामूहिक अर्गानिक तरकारी खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । सृजनशील अर्गानिक कृषक महिला समूह गठन गरेर यहाँका २२ जना महिलाहरुले सामूहिक अर्गानिक तरकारी खेती शुरु गरेका थिए । बजार क्षेत्र भए पनि पछि परेको र विपन्न समुदायको बसोबास रहेको यहाँका महिलाहरुले सात दिनको अर्गानिक तरकारी खेतीको तालिम लिएर, उक्त तालिमको सदुपयोग गर्दै संगठित भएर सामूहिक तरकारी खेती शुरुआत गरेका हुन् । टोलमा त्यसै बाँझो रहेको २ बिघा जग्गा ठेक्का लिएर खेती शुरु गरेका महिलाहरुले अहिले राम्रो आम्दानी लिन थालेका छन् ।

बेतबाँसबाटै लोभलाग्दो आम्दानी

कैलालीको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू महिला बेतबाँसको सामग्री बनाएर राम्रो आम्दानी गर्न सफल भएका छन् । दशकदेखि घरमै बेतबाँसको सामग्री बनाएर उनीहरू लोभलाग्दो आम्दानी गर्न सफल भएका हुन् । यस्ता सामग्रीबाट राम्रो आम्दानी हुन थालेपछि कतिपयले अन्यत्र काम गरिरहेका आफ्ना परिवारका सदस्यलाई पनि घरमै फिर्ता बोलाएका छन् । “सबै खर्च कटाएर यो कामबाट वार्षिक १० लाख रुपियाँसम्म आम्दानी भइरहेको छ,” स्थानीय सरिता चौधरीले भन्नुभयो, “सीप सिकेर बेतबाँसको विभिन्न सामान बनाउन थालेपछि जागिरका लागि अन्यत्र चहार्नुपरेको छैन । ”

झिनिया बनाई बिक्री गरेर लाखौँ आम्दानी गर्दै पाल्पाका महिला

मिलन विक पाल्पा : पाल्पाका महिला झिनिया बनाएर लाखौं आम्दानी गर्न सफल भएका छन्। हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा राम्रो कारोबार भएपछि यहाँका महिला झिनिया बनाउन आकर्षित भएका हुन्। तिहारको बेला झिनिया विशेष परिकारका रुपमा प्रयोग हुन्छ। दिदीबहिनी दाजुभाइलाई टीका लगाइदिन जाँदा झिनिया कोसेलीको रुपम...