नेकपा एमालेको आठौं महाधिवेशन २०६५ सालमा बुटवलमा भएको थियो । त्यो महाधिवेशनमा एमाले नेता भीम रावल सचिवका उम्मेदवार बनेका थिए । तर, रावलले सचिवमा हारेपछि केन्द्रीय सदस्य पदको सपथ ग्रहणसमेत बहिस्कार गरे ।जतिबेला मुलुकमा जातीय पार्टी बनाउने माहोल चलेको थियो, त्यसबेला रावल पनि क्षेत्री पार्टी बनाउने भनेर लागि परे । त्यसक्रममा उनले पोखरा पुगेर भाषण नै गरेका थिए । त्यसपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । नेपालको मन्त्रिमण्डलमा रावल गृहमन्त्री बन्ने निश्चित भएपछि मात्रै उनले केन्द्रीय सदस्य