महानगरीय प्रहरी परिसरको प्रमुखमा सुदीप गिरी

काठमाडौं : काठमाडौं जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले पाएका छन्। यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरी महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन्।उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। गिरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट परिसरको नेतृत्व लिन आएका हुन्। भैर

सम्बन्धित सामग्री

काठमाण्डौं प्रहरी परिसरवाट लखेटिए एसएसपी अशोक सिंह

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिएका छन् । परिसरमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी आएका छन् भने त्यहाँका एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरूवा ...

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सुदीप गिरी

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एसएसपी गिरी शुक्रवारदेखि परिसरमा हाजिर भएको बताए । यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।