बझाङ : २ हप्तादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग खुलाउन सेना परिचालन गरिएको छ।केदारस्युँ गाउँपालिका–१ को नारुगौडामा असोज ३१ गते परेको अविरल बर्षका कारण अवरुद्ध रहेको राजमार्ग खुलाउन नसकेपछि वीरभद्रजंङ गुल्मको सुरक्षा सेना बागथलाको टोली खटाइएको हो।असोजको अन्तिम तथा कार्तिक महिनाको पहिलो साताबाट शुरु भएको बेमौसमी वर्षाले राजमार्गको विभिन्न स्थानमा ठूलो पहिरो खसेको थियो। अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन पाटनले राजमार्ग खुलाउन डोजर प्रयोग गरी राजमार्ग खुलाउने प्रयास गरेको थियो।पहिरोको बीच