देशका धेरै ठाउँमा वर्षा : पर्सिदेखि मात्रै मौसममा सुधार हुने

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । आज राति र भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले...

सम्बन्धित सामग्री

बुधबारदेखि मौसममा सुधार हुने

काठमाडाैं : आगामी बुधबारदेखि मौसममा सुधार हुने भएको छ। बुधबारदेखि मनसुनको न्यून चापीय रेखा माथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वसीले बताइन्।उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। यो क्रम बुधबारदेखि रोकिने जनाइएको छ। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको विभागले जनाएको छ।हाल देशका प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा

आज दिउँसोदेखि मौसममा सुधार हुने

काठमाडौं । आज दिउँसोदेखि मौसममा सुधार हुने भएको छ । बिहीबार र शुक्रबार वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । बिहीबार पश्चिम भेगमा र शुक्रबार देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मौसमविद् […]

आज रातिदेखि मौसममा सुधार आउने

शनिबार रातिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशमा जारी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव शनिबारदेखि क्रमशः कमजोर हुँदै जाने भएको हो । शुक्रबार बिहानैदेखि परेको वर्षाका कारण देशका हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।  अन्य प्रदेशमा आंशिक बदली रहनेछ।  यस्तै प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका ...

आजदेखि मौसममा सुधार, भोलिदेखि दिन घमाइलो हुने

काठमाण्डाै - आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो । अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मानन्धरले बताउनुभयो । आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । हिजो परेको पानीको प्रभावले भोलि बिहान...

भोलिदेखि मौसममा सुधार हुने

जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि मौसममा सुधार आउने जनाएको छ । पश्चिमी वायुको प्रभावले विहीबार देशका विभिन्न स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

मौसममा सुधार भएसँगै आन्तरिक उडान सुरु

काठमाण्डाै - मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान सुरु हुन थालेको छ । हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो । आज भने लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ । मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो पानी परे पनि अहिले पानी पर्न रोकिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बत...

मौसममा सुधार हुँदै, जाडो भने बढ्ने

काठमाण्डाै - हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य...

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

मनसुनी वायुका कारण मौसममा  सुधार  हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।  “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस

मौसममा सुधार आएसंगै गर्मी बढ्यो

काठमाण्डौं, बैशाख २६। आज देशका धेरैजसो ठाउँको मौसममा सुधार आएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावका कारण बितेका केही दिनदेखि देशभरको मौसम बदली भइरहेकोमा आजदेखि सुधार आएको हो । तर आज पनि दिउँसो पछि देशका धेरैजसो ठाउँमा […]

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो । आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूल...