काठमाडाैं : आगामी बुधबारदेखि मौसममा सुधार हुने भएको छ। बुधबारदेखि मनसुनको न्यून चापीय रेखा माथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वसीले बताइन्।उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। यो क्रम बुधबारदेखि रोकिने जनाइएको छ। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको विभागले जनाएको छ।हाल देशका प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा