तनहुँको बामताङ खोलाको भेलले बगाउँदा एकजनाको मृत्यु

काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।  शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी…

सम्बन्धित सामग्री

राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु

मनहरी – हेटौँडामा राप्तीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। आज दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्तीखोलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। खोलामा मान्छेजस्तो वस्तु तैरिरहेको स्थानीयले देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी […]

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।

बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

काठमाडौं : नुवाकोटमा बेलकोट खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ की सुकुमई तामाङको खोलाले बगाएर मंललबार साँझ मृत्यु भएको हो। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम…

बेलकोट खोलाले बगाउँदा नुवाकोटमा एकजनाको मृत्यु

काठमाडौं : नुवाकोटमा बेलकोट खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ की सुकुमई तामाङको खोलाले बगाएर मंललबार साँझ मृत्यु भएको हो। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम…

संखुवासभामा खोलाले बगाउँदा १ को मृत्यु, १ बेपत्ता

संखुवासभाको सभापोखरी गाउँपालिका-६ मा सभाखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता  भएका छन्। शनिबार भाइटीकाको दिन बिहान  ८ वर्षीय बिपन विश्वकर्मालाई खोलाले बगाउँदा मृत्यु भएको हो...

रौतहटमा खोलाले बगाएर एकजनाको मृत्यु

चादी खोलाले बगाउँदा रौतहटमा एकजनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ३ बरबोट घर भएका १४ वर्षीय सुकराम ठोकरको ज्यान गएको हो। शनिबार साँझ गैटाटार बजार आएका ठोकरलाई साँझ...

काभ्रेमा खोलाले बगाएर एकजनाको मृत्यु

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–५ सतिघाटस्थित खानीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बिहीबार खुवा पुर्‍याएर फर्किने क्रममा खोलाले बगाउँदा ४२ वर्षीय लोक्तोङ भनिने रामलाल बलको मृत्यु भएको हो।प्रहरीका अनुसार उनलाई खानीखोला–२ मकैबारीमा खुवा पुर्‍याएर फर्किने बेला खोला तर्ने क्रममा बगाएको थियो। उनको शव सोही वडाको ढोकास्थित खानीखोला पुलमुनि दिउँसो ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले खोलाले बगाएर एक युवा मृ

खोलाले बगाउँदा सल्यानमा एकजनाको मृत्यु

सल्यानमा खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ। जिल्लाको कुमाख गाउँपालिका–४ निवासी ५१ वर्षीय लिलाधर शर्माको मंगलबार स्थानीय मर्मखोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले...

मर्म खोलाले बगाउँदा एकजनाको मृत्यु

सल्यान : मर्म खोलाले बगाउँदा कुमाख गाउँपालिका–४ सिम्तालेका ५१ वर्षीय लीलाधर शर्माको मृत्यु भएको छ।वडा नम्बर ३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर शर्मा मंगलबार बिहान बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा वडा नम्बर २ शान्तिबजारस्थित खोला किनारमा दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

खहरे खोलाले बगाउँदा दाङमा एकजनाको मृत्यु

दाङ– खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका — ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा आज साँझ ५ बजेतिर मृत्यु भएको […]