सेञ्चुरी मिस टिन नेपाल-२०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छन् । आइतबार बेलुकी राष्ट्रिय नाँचघर जमलमा आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौँ संस्करणको ताज जितेकी हुन् । प्रतियोगितामा सुस्मिता अधिकारी फष्ट रनरअप र सुस्मिता पौडेल सेकेण्ड रनर अप भएका छन्।