काठमाण्डाै - महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ ।
बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।
जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन् ।
हिजो महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बन...