आर्थिक अपराधमा कानूनी लगाम

समयको परिवर्तनसँगै अपराधको शैलीमा पनि परिवर्तन हुँदै गएको छ । अहिले अवैध लाभ आर्जनमा केन्द्रित अपराध बढ्दो छ । यस्ता अपराधको गतिविधि सामान्य मानिसले पत्तो नै पाउँदैन । राष्ट्रसेवक कर्मचारी, पेशागत तथा उच्च पदस्थ व्यक्ति, उद्योगी, व्यवसायी यस्ता अपराधमा संलग्न हुँदै गएका छन् । आर्थिक अनियमितता, कर छली, ठगी, भ्रष्टाचार सबै आर्थिक अपराधको कोटीमा पर्छन् । यसलाई ह्वाइट कलर क्राइम भनिन्छ । प्रशासनिक निकायमा भ्रष्टाचार बढी हुन्छ । सरकारी कर्मचारी ३० प्रतिशत मात्र राम्रो भएको तथ्य केही समय पहिले बाहिर आएको थियो । नेपालमा बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाको ठगी, कर छली, सम्पत्ति शुद्धीकरण, बीमा तथा वैदेशिक रोजगार ठगी, विदेशी मुद्रा ओसारप्रसार, अवैध कल बाइपास, हुन्डी प्रमुख आर्थिक अपराधको रूपमा देखापरेका छन् । सूचनाप्रविधिको उपयोगबाट पनि देशमा ठगीको घटना बढ्दै जान थालेका छन् । नेटवर्किङको माध्यमबाट हुने ठगी, ह्वाट्स एप, भाइबरको माध्यमबाट खेलिने अनलाइन जुवा, सट्टेबाजी खेलमा युवा पुस्ता फस्दै जान थालेको छ । पुरातात्त्विक वस्तुको चोरी, वन्यजन्तुको चोरी, शिकारी, लागूऔषध, हातहतियार, मानव अंगको तस्करी, ओसारप्रसार तथा विक्री गर्ने, राजस्व हिनामिना गर्ने, सरकारी सम्पत्तिको दुरुपयोग जस्ता अवैध कार्य गरी त्यसबाट मनग्य लाभ लिन देशमा आर्थिक अपराध मौलाउँदै गएको छ । यी सबै फौजदारी अपराध हुन् । विश्वमा औद्योगिक क्रान्तिको सफलतापछि आर्थिक अपराधको जन्म भएको हो । नेपालले आर्थिक उदारीकरणको नीति अख्तियार गरेपछि निजी स्तरबाट थुप्रै उद्योग स्थापना भए । आज तिनै उद्योगका उद्योगी, व्यवसायी अधिक नाफा कमाउने उद्देश्यले विस्तारै मालवस्तुको बढी मूल्य लिई कालोबजारी गर्ने, मालवस्तुको विचलन गर्ने, कृत्रिम अभाव सृजना गरी नाफाखोरीको काम गर्ने जस्ता अनुचित व्यापारिक क्रियाकलापमा लागिपरेका छन् । कमसल वा नक्कली वस्तुको उत्पादन, विक्रीवितरण, निकासी पैठारी गर्ने, झूटा र भ्रमपूर्ण विज्ञापन गरी बजारमा वस्तु विक्री गर्ने, नापतौल, गुण, परिमाण, मूल्य, लेवल आदि फरक पारेर वस्तु विक्री गर्ने, मिसावटयुक्त खाद्यवस्तु तथा म्याद सकिएका औषधि विक्री गर्ने, गराउने कार्य गरी उपभोक्ताको हितविपरीतका कार्य हुँदै आएका छन् । नक्कली बिल, भौचर बनाई राजस्व छल्ने प्रवृत्ति पनि बढ्दो छ । उद्योगी, व्यवसायीहरू नाफाका लागि मानिसहरूको स्वास्थ्य तथा देशको अर्थव्यवस्था माथि खेलवाड गरिरहेका छन् । कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, उपभोक्ता संरक्षण ऐन २०७५, खाद्य ऐन २०२३, औषधी ऐन २०३५ समेतले यस्ता कार्यलाई अपराध मानेको छ । संस्था वा कम्पनीको नक्कली बिल, भरपाई बनाएर राजस्व छल्ने कार्यलाई भ्रष्टाचार निवारण ऐन २०५९ ले अपराध मानेको छ । कम्पनी वा संस्थाको पेटेन्ट, डिजाइन तथा टे«डमार्क चोरी गरी प्रयोग गर्ने तथा वस्तुको प्रतिलिपि निकाली विक्री वितरण गर्ने कार्यलाई पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२, प्रतिलिपि अधिकार ऐन २०५९ ले बौद्धिक सम्पत्तिको दुरुपयोग सम्बन्धी अपराधका रूपमा मानेको छ । सूचनाप्रविधिको विकाससँगै अहिले बैंकिङ प्रणालीमा जोखिम बढ्न थालेको छ । कुनै व्यक्ति वा संस्थाले कसैलाई उपहार परेको भन्दै विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको खातामा रकम जम्मा गर्न लगाई ठग्ने गरेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डको पिन नम्बर चोरी गरी मानिसहरूको बैंक खाताबाट रकम चोरी गर्ने, बैंकिंङ प्रणालीभित्र अनधिकृत रूपमा पहुँच बनाई रकम चोरी गर्ने कार्यले पनि देशमा गति लिन थालेको छ । विद्युतीय कारोबार ऐन २०६३, बैंकिङ कसूर तथा सजाय ऐन २०६४ ले यस्ता कार्यलाई अपराध मानेको छ । सहकारीभित्र हुने अवैध कार्य, ठगी, जालसाजीलाई सहकारी ऐन २०७४ ले सहकारी कसूर मानी सजायको व्यवस्था गरेको छ । प्रविधिको दुरुपयोग गरी अनलाइनमार्फत सट्टेबाजी गर्ने, जुवा खेलाई रकम संंकलन गर्ने कार्यलाई पनि मुलुकी अपराध संहिता २०७४ ले अपराध भनेको छ । अहिले देशमा विभिन्न आर्थिक अपराध गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पत्ति प्राप्त गरेमा, लगानी गरेमा, भोगचलन गरेमा तथा त्यसबाट बढे बढाएको सम्पत्ति प्रयोग गरेमा वा लुकाउने प्रयास गरेमा, आतंककारी क्रियाकलापमा लगानी गरेमा समेत सम्पत्ति शुद्धीकरणको सम्बद्ध कसूर ठहराई सजाय हुने व्यवस्था सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ ले गरेता पनि आर्थिक अपराधको गति अनियन्त्रित नै रहेको छ । यसले देशको अर्थ व्यवस्थालाई नै तहसनहस बनाउने कुरामा विवाद छैन । पद र प्रतिष्ठाको आडमा अवैध लाभ लिने, अकुत सम्पत्ति जोड्ने र समाजमा आनन्दको जीवन बिताउने होडबाजीले गर्दा देशमा यस्ता अपराधले फस्टाउने मौका पाएको हो । राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, अदालतजस्ता संस्थागत संरचना रहे तापनि देशमा आर्थिक अपराध लगामविनाको घोडा झैं अनियन्त्रित गतिमा दौडिरहेको छ । अकुत सम्पत्ति जोड्ने मोहले सर्वसाधारण, पेशागत तथा उच्च प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारी सबै आर्थिक अपराधमा लिप्त हुनु चिन्ताको विषय हो । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक वा यस्तै अन्य क्षेत्रमा आर्जन गरेको पद, प्रतिष्ठाको आडमा सुनियोजित तरीकाले सूक्ष्म रूपमा आर्थिक अपराध अघि बढिरहेको छ । समाजमा मानिसहरूको अस्वाभाविक जीवनयापन तथा उच्च आर्थिक हैसियत तथा सम्पत्तिको आधारमा समाजमा यस्ता अपराधको मापन गर्न सकिन्छ । विश्वव्यापी रूपमै हुने गरेको आर्थिक अपराधबाट नेपाल पनि मुक्त हुन सकेको छैन । नेपाली समाज आधुनिक जीवन शैलीमा अभ्यस्त हुँदै गए सँगै सम्पत्ति जोड्ने लोभ, मोहको कारण भविष्यमा आर्थिक अपराधमा वृद्धि हुँदै गएको छ । यस्ता अपराधको नियन्त्रणका लागि देशमा थुप्रै कानून कार्यान्वयनमा रहेका छन् । देशको सबल अर्थतन्त्र निर्माणको लागि अनियन्त्रित गतिमा अघि बढिरहेको आर्थिक अपराधमा कानूनद्वारा लगाम लगाउनु अत्यावश्यक छ । अपराधको विसर्जनले मात्र देश आर्थिक रूपमा समृद्ध हुनेछ ।   लेखक अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

उद्योगी-व्यवसायीले लिने चालु पूँजी कर्जामा राष्ट्र बैंकको लगाम

७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीले लिने चालु पूँजी कर्जा (वर्किङ क्यापिटल लोन)मा लगाम लगाएको छ । राष्ट्र बैकले चालू पुँजी कर्जाको व्यवस्थामा कडाइ गर्दै वाषिर्क कारोबारका आधारमा मात्रै यस्तो कर्जा दिने व्यवस्था लागू गरेको हो । नयाँ मार्गदर्शन लागू गर्दै केन्द्रीय बैकले २ करोडसम्मको कर्जामा वाषिर्क कारोबारको ४० प्रतिशत कर्जामा तोकेपनि […]

लगाम लगाउँदै निर्वाचन आयोग

काठमाडौं, पुस १६ । संविधानसभाबाट आफैंले जारी गरेको संविधानविपरीत विधान बनाएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले लगाम लगाउन थालेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत विधान हुन नहुने व्यवस्थालाई बेवास्ता गर्दै आएका दललाई आयोगले सचेत गराउन थालेको हो। आयोगले नयाँ दल दर्ताका लागि विधान तयार पार्दा वा पहिले नै दर्ता भएका दलले अद्यावधिक गर्दा संविधान र […]

राजनीतिक दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग

संविधानसभाबाट आफैंले जारी गरेको संविधानविपरीत विधान बनाएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले लगाम लगाउन थालेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत विधान हुन नहुने व्यवस्थालाई बेवास्ता गर्दै आएका दललाई आयोगले सचेत गराउन थालेको हो।आयोगले नयाँ दल दर्ताका लागि विधान तयार पार्दा वा पहिले नै दर्ता भएका दलले अद्यावधिक गर्दा संविधान र कानुनलाई ध्यान दिन आग्रह गरेको छ। आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधानका केही शब्द संविधान र कानुनविपरीत रहेको भन्दै परिमार्जन गर्न पत्र पठाएको

गुल्मीमा राजनीतिक दललाई भिडभाड गर्न छुट, जनताको दसैँ संस्कृतिमा लगाम

गुल्मीमा विभिन्न राजनीतिक दलका कार्यक्रममा सयौँको संख्यामा जमघट हुँदै आएको छ । तर दसैंका लागि विभिन्न सांस्कृतिक–परम्परामा भने जिल्ला प्रशासन कार्यालयले लगाम लगाएको छ ।कोरोना संक्रमणको दोश्रो लहर कै बिचमा नेकपा एमालेका दुई खेमाले सदरमुकाम तम्घासमा सयौं कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका थिए । लगत्तै नेकपा माओवादी केन्द्रले सदस्यता वितरण र वडा भेलामा सयौं कार्यकर्ता उतारेको थियो । पछिल्लो समय नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन र हालै पालिकास्तरको अधिवेशन सम्पन्न भएको

भिडियो गेममा चीनको लगाम, के हो उद्देश्य ?

चीनले बालबालिकालाई हप्ताको तीन घन्टाभन्दा बढी समय भिडियो गेम खेल्नबाट प्रतिबन्ध लगाउने निर्णय लिएको छ ।  विगत केही समयदेखि प्रविधि क्षेत्रमा लगाम कसिरहेको चीनको यो पछिल्लो कदम हो ।  यो पनि पढ्नुहोस् :  अलीबाबापछि अरू ठूल्ठूला कम्पनीमाथि पनि चीनको 'वज्र', किन लगाम कस्दैछन् सी ? अबउप्रान्त चिनियाँ बालबालिकाले शुक्रवार बेलुका ८ देखि ९ बजेसम्म, सप्ताहान्तमा र सार्वजनिक बिदाका बेलामा मात्र भिडियो गेम खेल्न पाउने सूचना राष्ट्रिय प्रेस तथा प्रकाशन प्रशासनले जारी गरेको छ । यसअघि दिनको डेढ घन्टा...

प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको बताएका छन् । पुनः स्थापित संसद्‌को आइतबार बसेको पहिलो बैठकमा मन्तव्य राख्दै सभामुख सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउँदै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको बताए । उनले भने, ‘शक्ति पृथकीकरण तथा नियन्त्रण […]

‘भारत सबैभन्दा ठूलो लोकतन्त्र हो, तर अभिव्यक्ति स्वतन्त्रतामा लगाम खराब’

एजेन्सी। भारत संसारमै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भएर पनि त्यहाँ पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजिनु चिन्ताजनक विषय भएको अमेरिकी अधिकारीले बताएका छन्। दक्षिण तथा मध्य एसियाका लागि कार्यवाहक विदेशमन्त्री डिन थोम्प्सनले हिन्द–प्रशान्त क्षेत्रमा लोकतन्त्रका विषयमा सदनमा सुनुवाइका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘‘ठूलो लोकतन्त्र हो भारत, तर अभिव्यक्ति स्वतन्त्रताको सवालमा कतिपय सरकारी कदम चिन्ताजनक छन्।’’

‘भारत सबैभन्दा ठूलो लोकतन्त्र हो, तर अभिव्यक्ति स्वतन्त्रतामा लगाम खराब’

एजेन्सी। भारत संसारमै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भएर पनि त्यहाँ पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजिनु चिन्ताजनक विषय भएको अमेरिकी अधिकारीले बताएका छन्। दक्षिण तथा मध्य एसियाका लागि कार्यवाहक विदेशमन्त्री डिन थोम्प्सनले हिन्द–प्रशान्त क्षेत्रमा लोकतन्त्रका विषयमा सदनमा सुनुवाइका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘‘ठूलो लोकतन्त्र हो भारत, तर अभिव्यक्ति स्वतन्त्रताको सवालमा कतिपय सरकारी कदम चिन्ताजनक छन्।’’

आइपिएल : मुम्बईमाथि लगाम कस्यो पञ्जावले

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार बेलुका सुरु भएको खेलमा पञ्जाव किङ्ग्सले मुम्बई इन्डियन्सलाई रन बनाउन लगाम कसेको छ ।टस जितेर मुम्बईलाई ब्याटिङमा निम्त्याएको पञ्जावले पावर प्ले अर्थात् ६ ओभर सकिँदा एक विकेट हात पार्दै २१ रनमा रोकेको छ ।मुम्बईका प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डिकक ३ रनको व्यक्तिगत स्कोरमा बाहिरिए ।सातौं ओभरको अन्तिम बलमा इशान किसन पनि बाहिरिए । उनले ६ रनमात्र बनाउन सके ।कप्तान रोहित शर्मा क्रिजमा संघर्षरत छन् । उनलाई सुर्यकुमार यादवले साथ दिइरहेका छन् ।लि