झारखण्डका पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो घोषणा गरेका हुन् ।जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिएको बताए । यदि द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एनडीए गठबन्धनकी द्रौपदी मुर्मुलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको