काठमडौँ । नेपाली काँग्रेसले यो वर्ष चियापानको कार्यक्रम आयोजना नगर्ने भएको छ । काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापानको कार्यक्रम आयोजना गर्दै आएको थियो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण चियापान कार्यक्रम नगर्ने जानकारी दिएका हुन् ।