कांग्रेसले यसवर्ष चियापान कार्यक्रम नगर्ने भएकाे छ । कोभिड–१९ को महामारीका कारण कांग्रेसले गत वर्ष पनि चियापान समारोह स्थगित गरेको थियो । कोजाग्रत पूर्णिमाका दिन विगतमा हरेक वर्ष हुँदै आएको चियापान समारोह यो वर्ष पनि नहुने निश्चित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।