अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावितले घरबारविहीन बनाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् । जानकारी नै नदिई जग्गाको मूल्यांकन गरेको, जग्गाको वस्तुगत आधारमा पहिचान नगरी चलनचल्तीको मूल्यभन्दा कम निर्धारण गरेको लगायतका विषयप्रति चित्त नबुझेको उनीहरूले भनेका छन् ।