फोहोर व्यवस्थापन समस्या फेरि बल्झियो : बञ्चरेडाँडा छिटो तयार गर्नुस्- काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहोर व्यवस्थापनका लागि सहज गरिदिन शहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ । विगत १४ दिनदेखि काठमाडौँ उपत्यका अन्तर्गत १८ स्थानीय तहको फोहर नियमितरुपमा उठ्न नसक्दा अहिले जताततै दुर्गन्ध फैलिसकेको छ । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल सिसडोलमा रहेका फोहोरको ढिस्कोलाई पन्छाएर नै बञ्चरेडाँडामा फोहोर लाने हो, अहिले पानी परिरहेकाले पनि