वीरगञ्जमा गढीमाई डेरीको विक्री कक्ष : ‘बी नेचुरल’ ब्राण्डको आईसक्रिम र दुधजन्य उत्पादन बजारमा

साउन ३०, वीरगञ्ज । गढीमाई डेरीले वीरगञ्जको पानीटंकी रोडमा आफ्ना उत्पादनको विक्री कक्ष सञ्चालनमा ल्याएको छ ।   शनिवार एक समारोहका बीच वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सो विक्री कक्षको उद्घाटन गरे ।  वीरगञ्जको रानीघाटमा सञ्चालनमा रहेको डेरीले ‘बी नेचुरल’ ब्राण्डमा उत्पादन बजारमा ल्याएको छ । करीब दुई वर्षअघि उत्पादन थालेको डेरीले अहिले दूध, दही, पनिर, घीउ र आईसक्रिम उत्पादन गरिरहेको उद्योगका सञ्चालक रविन्द्र सिंहले जानकारी दिए । डेरीले ५० प्रकारको फ्लेवरमा आईसक्रिम उत्पादन गर्न सक्ने बताएको छ । अहिले २५ फ्लेबरमा आईसक्रिम उत्पादन गरिरहेको डेरीले ग्राहकको अर्डर अनुसार फ्लेवर बढाउँदै लैजाने जानकारी सञ्चालक सिंहले दिए ।  डेरीले वीरगञ्जका २५ स्थानमा डिलर नियुक्त गरिसकेको छ । प्रदेश २ को राजधानी जनकपुर, सिन्धुली, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी र बाराको निजगढमा पनि डिलर विस्तार भइसकेको सिंहले बताए । निकट भविष्यमा अन्य क्षेत्रमा पनि डिलर थप्दै जाने योजना डेरीको छ ।       

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। पछिल्लो चार महिनामा विदेशबाट ८८ करोड रुपैयाँ बढीको दुधजन्य पदार्थ आयात गरिएको छ। निर्यातमा नगद अनुदानको व्यवस्था गरेसँगै अधिकांश वस्तुको निकासीमा वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक ३.४२ अंकले घट्दा १ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। पाँच वर्षका लागि सरकारले ट्रान्स नेपाललाई चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा दिएको छ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। उखु किसानलाई सरकारले दिएन अघिल्लो वर्षकै १ अर्ब ३२ करोड रुपैयाँ प्रोत्साहन बापतको रकम भुक्तानी गर्न बाँकी छ। अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्कदैँ गरेको बताएका छन्। अफलाइनमा राइड सेयरिङ गरेको आरोपमा ८३ जना पठाओ र इन्ड्राइभ चालकलाई प्रहरीले पक्राउ गरेको छ। चाडपर्वको लागि भनेर डिडिसीले दुधजन्य पदार्थको बजार मूल्य घटाएको छ।

के हो भिटामिन 'डी', यसको कमी भएमा के हुन्छ?

भिटामिन 'डी'को अर्को नाम सनसाईन भिटामिन हो। यसको मुख्य स्रोत सुर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दुध र दुधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ।

विभाग भन्छ– ‘देशभर दुषित र न्यून गुणस्तरका खाद्य सामग्री बिक्री भरहेको छ’

यस्तै १५ पानीको दुषित नमुना भेटिएको छ भने फल तथा सागपातको ११ र दुग्ध र दुधजन्य पदार्थको ५ नमुना खान अयोग्य रहेको जनाएको हो ।

दुधका परिकार बेचेर मासिक एक लाख कमाउँछन् टीकाराम

पाल्पा : तिनाउ गाउँपालिका–६ मस्यामका ५३ वर्षीय टीकाराम खराल बिहान सबेरै उठेदेखि राति अबेरसम्म व्यस्त हुन्छन्। उनको स्फूर्ति कुनै तन्नेरीभन्दा कम छैन।टीकारामको तानसेन नगरपालिका–७ काजीपौवामा ‘गोरस घर जय किसान डेरी’ छ। जहाँ गाई‚ भैंसीको दुध, दही, घिउ‚ छुर्पी‚ पनिरलगायत दुधजन्य वस्तु पाइन्छ। उनी दुध खरिददेखि परिकार बनाउने र बिक्री गर्ने कामको कमाण्ड गर्छन्।गुल्मीको अर्लाङकोट जन्मिएका उनी सानैमा परिवारसँग पाल्पा आए। गरिबीका कारण राम्रोसँग अध्ययन गर्न नपाएका उ

इलामको कोसेली : छुर्पी, ललिपप र बम्बइसन

इलाम : इलाममा उत्पादन हुने दुधजन्य परिकार छुर्पी, बम्बइसन र ललिपपले ‘इलामको कोसेली’को पहिचान बनाएको छ। त्यसैले त इलाम भ्रमणमा आउने पर्यटकहरूको मुख्य रोजाइमा यी वस्तु पर्छ।इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन‚ इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ। काठमाडौंमा पत्रकारिता गरिरहेका भोजपुरका ज्ञानेन्द्र खड्का चिनजानका कोही इलामबाट काठमाडौं आउने सूचना पाए इलामे कोसेली मगाइहाल्छन्।‘छोरीले इलामको मिठाई भनेपछि म

भरतपुरमा सञ्चालनमा आयो ‘गंगा’ ब्रान्डका दूध र दुधजन्य परिकारको विक्री केन्द्र

भदौ १५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित  गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध र दुधजन्य परिकार विक्री गर्न विक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।  सोमवार कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त संस्थाले दूध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको हो । सहकारीले भरतपुर २२, धनौजीमा रहेको केन्द्रीय कार्यालयमा विक्रि केन्द्र सञ्चालनमा ल्याइ  सेवा शुरु गरेको हो ।  विक्री केन्द्रको उद्घाटन गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मूल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुँदा आफ्नो उत्पादनको मूल्यआफैले तोकेर विक्री गर्ने अवस्था आएको भन्दै खुशी व्यक्त गरे  । उनले  दूधको बजारीकरण र यान्त्रिकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए  । वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरतासँगै यहाँको रकम  बाहिर जानबाट जोगिने बताए ।  गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रीगर्दा किसानको लागतपनि उठ्न गाह्रो भएको भन्दै  किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रुपमा सहकारीलाई विकास गरिने बताए । उक्त सहकारीले आफ्नै  नमूना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक ६  हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आएको छ ।  गत वर्षदेखि परीक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले तीन महीनाअघि गंगा ब्रान्डले खाद्यान्न अनुज्ञापत्रसमेत पाएको छ । सहकारीले यो पहिलो विक्री केन्द्र भएपनि यो  सहितसहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्यबजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक विक्री गर्ने लक्ष्य राखेको छ । विक्री केन्द्रबाट पहिलो चरणमा  दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी,क्रिम लगायतका विभिन्न मिठाइका उत्पादन गरी विक्री शुरु गरिएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए । उनका अनुसार सहकारीले क्रमशः उत्पादन र परिकार बढाउँदै लैजाने छ ।  प्रशोधनका केन्द्रका अपरेटर गोविन्द आचार्यले ताजा दूधबाट तत्कालै परिकार बन्ने हुँदा अन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादन हुने दाबी गरे । सहकारीले करीब  २ करोड रुपैयाँको लगानीमा उद्योगसहित सहकारीकै भवनमा विक्री केन्द्र स्थापना गरेको हो । २०४९ सालमा स्थापना भएको उक्त सहकारीमा अहिले ५०० भन्दा बढी किसान आबद्ध छन् ।

दुधजन्य वस्तुको ढुवानी गर्ने सवारीमा राखियो लोगो

काठमाडौं। सरकारले दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधानमा प्रतिकचिन्ह (लोगो) राखेको छ। दुग्ध विकास बोर्डले दुग्धजन्य वस्तुको ढुवानी गर्ने सवारीमा लोगो राखेको हो। यसबाट दुध र दुधजन्य वस्तुको ढुवानीमा समस्या नपर्ने बोर्डले बताएको छ। बोर्डले ढुवानीका साधनमा लोगो राख्ने कामको शुभारम्भ गरेको हो। बोर्डले दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार लोगो राखेको हो।

कामधेनु दुग्ध विकास सहकारीले दुधजन्य सामग्री निःशुल्क प्रदान गर्ने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई रहेका कोरोना संक्रमितहरुका लागि ३ महिनासम्म दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दूधजन्य पदार्थ […]