जिएमआर कम्पनीसँगको सम्झौंता तत्काल खारेज गर्नुपर्छ : भिम रावल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भिमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौंता तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ । बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय […]

सम्बन्धित सामग्री

पार्टीले षड्यन्त्रपूर्वक मलाई टिकट दिएनः भिम रावल

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिएको बताए।...

‘म पार्टीसँग सम्पर्क विहीन छु भन्नु हास्यास्पद’ : भिम रावल

काठमाडौँ । एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् । आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी समेत भएको उनले बताएका छन् । उनले यसबारे आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत जानकारी गराएको उल्लेख गरेका छन् । अछाम क्षेत्र नम्बर १ का लागि एमालेबाट एकल उम्मेदवारका […]

काठमाडौँमा फोहर सङ्कटकालको स्थिति आईसक्यो : भिम रावल

नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए । उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनि अनुरोध गरे । सांसद रावलले काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराए । उनले अर्थ मन्त्रालयसँगको शीर्षकमाथि प्रश्न राख्दै संसारमा असफल भइसकेको नवउदारवाद र पूँजीकरणको बाटोमा राज्य हिँडिरहेको भन्दै आलोचना गरे ।पूर्वमन्त्री रावलले व्यापारघाटा उच्च रहेको, चालु खातामा घाटा वृद्धि भइरहेको, भुक्तानी असन्तुलन तीव्र रहेको र बाह्य ऋण बढ्दो क्रममा रहेको तथा नेपालीका टाउकामा रु ६० हजारभन्दा बढी ऋण भइसकेको अवस्थामा नेपालको अर्थतन्त्रलाई सरकारले कसरी व्यवस्थापन गर्छ भन्दै जवाफ माग गरेका छन् ।रक्षा मन्त्रालयसँगको विषयमा प्रश्न राख्दै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सरकार मौन बस्नुले स्वाधिनता र स्वतन्त्रताको सुरक्षा नहुने बताए । उनले त्रिभुवन विश्वविद्यालयमा ताला लागेको १३९ दिन हँुदासमेत कुनै पहलकदमी नहुने मुलुकमा उत्कृष्ट विश्वविद्यालय हुन्छ भनेर विश्वास गर्न नसकिने बताए ।

निर्वाचनको जनमत प्रभावित पार्नेगरी बजेट आयो : भिम रावल

नेकपा एमालेका नेता भीम रावलले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभावित हुनेगरी बजेट ल्याएको प्रक्रिया दिएका छन् । आगामी आर्थिक वर्षको बजेट पेश भएपछि प्रक्रिया दिँदै रावलले निर्वाचनलाई प्रभावित पार्नेगरी कार्यक्रमहरु ल्याएको आरोप लगाए । आगामी निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय कुराहरु भय भरका कुरा राख्ने प्रयास गरिएको छ । जतिसुकै प्रयास गरिएपनि झण्डै ५ खर्ब न्युन अवस्थामा छ । यसले तिर्नु पर्ने ब्याज, वैदेशिक ऋण उठाउने कुरा हेर्दा झन थप कतिपय संरचनाहरु खडा गरिएको छ,’ रावलले भने, &lsquo

मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुग्यो : डा. भिम रावल

डा.रावलले अरुण चौथो जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेकोे आरोप लगाउनुभयो ।

भिम रावल र अष्टलक्ष्मीलाई इन्चार्ज दिन ओली अनिच्छुक, बागमती अध्यक्षमा भने नेपाल

१० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा लैजान तयार भएका एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् ।

मान्छे बिग्रेपछि गर्ने तर्क अहिले माधव नेपालले गर्दैछन्: भिम रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले माधव कुमार नेपाललाई पार्टी फुटाउन उक्साएको र आफू पछि हटेको भन्ने कुराको खण्डन गरेका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले राम्रो भए आफूले र नराम्रो भए अरुले गरेको भन्ने कुराको अर्थ राजनीतिमा नहुने बताए । आफूले भनेर मान्ने भए १० बुँदे किन नमानेको भन्दै उनले प्रश्न गरे ।

एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ : भिम रावल

काठमाडौं, भदौ १९ । नेकपा (एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरताको मौका छोपेर एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले यस्तो बताउनुभएको हो । एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन […]