मान्छे बिग्रेपछि गर्ने तर्क अहिले माधव नेपालले गर्दैछन्: भिम रावल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले माधव कुमार नेपाललाई पार्टी फुटाउन उक्साएको र आफू पछि हटेको भन्ने कुराको खण्डन गरेका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले राम्रो भए आफूले र नराम्रो भए अरुले गरेको भन्ने कुराको अर्थ राजनीतिमा नहुने बताए । आफूले भनेर मान्ने भए १० बुँदे किन नमानेको भन्दै उनले प्रश्न गरे ।