काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा बुधबार सकिँदै छ। प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि एमाले का राजेन्द्रसिंह रावलले दाबी पेश गर्ने भएका छन्। केन्द्रमा सत्ता साझेदार दलहरूबीच भएको सहमति अनुसार उनले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका हुन्।केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो गर