काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके सरकार कामचलाउ हुनेछ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको छ। बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिए अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। तर बुधबार साँझसम्म पनि नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत दिन तयार भएको छैन, एमाले नेताहरु फकाउन लग...