राजनीतिक अस्थिरताबीच अल्पविकसित देशमा बन्द हडताल र विरोध प्रदर्शन स्वाभाविक मानिन्छ । आफ्ना माग सम्बोधनका लागि सरकारलाई दबाब दिन त्यो अस्त्र प्रभावकारी पनि ठानिन्छ । तर, पछिल्लो समय त्यस्तो अन्योल र अस्थिरता विकसित मुलुक बेलायतले पनि भोगिरहेको छ । बढ्दो महँगीबीच ज्यालावृद्धि र सुविधा माग गर्दै डिसेम्बरभर बेलायत हडतालबाट प्रभावित बनेको छ ।