रेलसेवाका झन्डै ४५ हजार कर्मचारीले तीन दिने हडताल सुरु गरेपछि बेलायतको जनजीवन अस्तव्यस्त भएको छ । कर्मचारीहरू तलब, सेवा सुविधा वृद्धिको माग गर्दै बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् । बिहीबारको हडतालमा १८ वटा कम्पनीका कामदार संलग्न रहेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।