सलोन बस्नेत र करिश्मा केसी बुबा-आमा बन्दै

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीले आमाबुबा बन्ने भएका छन् । करिश्माले इस्न्टाग्राममार्फत आगामी वर्षको मे महिनामा नयाँ सदस्यको आगमन हुने जानकारी दिएकी छन् । उनले सलोनसँग केक काटेको भिडिओ पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्ष मंसिरमा विवाह गरेका थिए ।

सम्बन्धित सामग्री

भाइको निधनले मर्माहत करिश्मा

काठमाडौं । अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी गहिरो शोकमा परेका छन् । करिश्माका भाइ किरण केसीको अल्पायुमै दुःखद निधन भएको छ । सलोनका काका जयकिसन बस्नेतका अनुसार किरणले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । उनी २१ वर्षका थिए । भाइको निधनप्रति करिश्माले टिकटकमा भावुक पोस्ट गरेकी छन् ।

सलोन-करिश्माको विवाहमा आधारित म्यूजिक भिडिओ ट्रेन्डिङमा

काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा केसी अभिनित म्यूजिक भिडिओ ‘राजा रानी’ ट्रेन्डिङमा परेको छ । सलोनदम्पतीकै विवाहको भिडिओ खिचेर बनाइएको उक्त म्यूजिक भिडिओ रिलिजको चार दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका छन् । टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएको छ । आमेश भण्डारीको स्वर रहेको यो गीतमा सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको थियो । […]

युद्धजस्तो मान्छे पाउनु पूजाको भाग्य र हाम्रो गौरव हो : शोभित बस्नेत

काठमाडौं । अभिनेता सलोन बस्नेत र मोडल तथा एयरहास्टेस करिश्मा केसी आज बिबाह बन्धनमा बाँधिए । उनीहरूको वैवाहिक समारोहमा थुप्रै कलाकारहरूको लाम लागेको थियो । भुवन केसी, अनमोल केसी, पूजा शर्मा, वर्षा राउत, सन्जोग कोइराला, शलिनमान बानियाँ लगायतका कलाकारहरू सलोन र करिश्मालाई बधाई तथा आशीर्वाद दिन चन्द्रागिरि पुगे । सोही अवसरमा नायिका पूजा शर्मा र […]

विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले आगामी मंसिर १२ गते विवाह गर्ने भएका छन् । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । यति लामो प्रेमलाई दुवैले अन्नत: विवाहमा परिणत गर्ने निर्णय गरेका छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा […]

बिहे गर्दै सलोन र करिश्मा, भन्छन्- दुवैको परिवारले अनुमति दिइसक्नुभो

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए । चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए । ‘बिहेका लागि परिवारले पनि […]