नेपालमा मनसुन शुरु भएसँगै बाढीपहिरोका समस्या बर्सेनि देखा पर्ने गर्दछ । यसपालि पनि असार शुरु हुनेबित्तिकै बाढीपहिरोको वितण्डा शुरु भएको छ । दर्जनौँ मानिसले ज्यान गुमाएका समाचार मिडियामा आइरहेका छन् । सयौँ घरबारविहीन र हजारौँ प्रभावित भएका छन् । मंगलबार राति मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपहिरोको कारण त्यहाँको अवस्था कहाली लाग्दो बनेको छ । […]