मिलेनियम च्यालेन्स एकाउन्ट (एमसिए) नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिंकसन इन्डिया प्रालिलाई प्रदान गरेको छ । एमसिए–नेपाल र उक्त कम्पनी बीच बिहीबार सम्झौता भएको हो ।