काठमाडौं। राष्ट्रसंघीय विकास कार्यक्रमा (युएनडीपी)ले आज नेपाललाई कोरोना महामारीविरुद्ध लड्न सहयोग स्वरुप २ सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। नेपालस्थित युएनडीपीका प्रतिनिधिले आज ती कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि अक्सिजनको कमी हुँदा विभिन्न देश र संस्थाबाट सहयोग आउने क्रम जारी रहेको छ।