लघुवित्तविरुद्ध भइरहेका गतिविधि रोक्न माग गर्दै विराटनगरमा प्रदर्शन (तस्बिरहरु)

मोरङ – लघुवित्त क्षेत्रमा कार्यरत महिला कर्मचारीहरुले लघुवित्त क्षेत्र संरक्षण गर्न सरकारसमक्ष माग गरेका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार सडक प्रदर्शनीसँगै जुलुस निकालेका महिलाहरुले लघुवित्त क्षेत्रको विपक्षमा देखापरेका गलत गतिविधि रोक्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको विपक्षमा अभिव्यक्ति दिँदै आएका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नाराबाजी गरेका थिए। वित्तीय तथा लघुवित्त […]

सम्बन्धित सामग्री

विराटनगर तनावग्रस्त : प्रहरी र प्रदर्शनकारीबीच झडप, दुवैतर्फ घाइते (फाेटाेहरू)

विराटनगर– कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलतरत पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । स्थानीय प्रशासनले जारी गरेका निषेधाज्ञा तोड्न खोजेपछि दोहोरो झडप भएको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोजेकाे थियो । सो रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीले दर्जन बढी...

विराटनगरमा महिलाहरुद्वारा लघुवित्त संरक्षणको माग

विराटनगर । विराटनगरमा लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै विराटनगर बजार परिक्रमा गरेका छन् । वित्तीय संस्था संरक्षण तथा प्रवर्द्धन समितिको नेतृत्वमा गरिएको प्रदर्शनमा उनीहरुले ठूलो संख्यामा महिला संलग्न लघुवित्त संस्था धरासायी हुने अवस्था आएको भन्दै संरक्षणको […]

बजेटमा रूग्ण उद्योग पुनरुत्थानका कार्यक्रम नआएकामा संघको असन्तुष्टि

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष ०७८/८९ का लागि ल्याएको बजेटमा उद्योगी व्यवसायीका १२ मुद्दा सम्बोधन नभएको, १३ वटा सरकारको घोषणा कार्यान्वयनको चुनौती रहेको र २९ वटा सकारात्मक रहेको मुलुककै जेठो औद्योगिक तथा व्यापारिक संगठन मोरङ व्यापार संघले जनाएको छ । अध्यक्ष प्रकाश मुन्दडाले लिखित रूपमा बजेटबारे प्रतिक्रिया जनाउँदै उक्त कुरा बताएका हुन् । विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, विराटनगर चक्रपथ निर्माण, उर्लाबारी– रंगेली–विराटनगर राजमार्गको स्तरोन्नति र विराटनगरका रुग्ण उद्योगहरूको पुनरुत्थान बजेटमा नसमेटिएकामा उनले असन्तुष्टि जनाए । सरकारले उद्योग र व्यवसायको क्षेत्रमा बजेटमा २९ वटा सकारात्मक विषय ल्याएको, बजेट कार्यान्वयनमा १३ चुनौती रहेको र विभिन्न १२ वटा मुद्दा सम्बोधन नभएको संघले जनाएको छ । सरकारले गर्नुपर्ने र सम्बोधन नभएका विषयमा निर्यातजन्य उद्योगलाई प्रोत्साहनको व्यवस्था नभएको, भारतसँगको व्यापार घाटा कम गर्न एवं सन्तुलित विकास गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्योगलाई अनुदानको व्यवस्था नगरेको, औद्योगिक पार्क दुई तहमा बनाउनुपर्नेमा एक तह मात्र गरिएको उसको भनाइ छ । कपडा र होजियारी उद्योगलाई कुनै पनि सुविधा प्राप्त नभएकाले लामो समयदेखि संघले उठाएका माग सम्बोधन हुन नसक्दा सीमापारिका बजार गुल्जार भई यससँग सम्बन्धित स्वदेशी उद्यमी व्यवसायी पलायन हुने सम्भावनालाई बजेटले रोक्न नखोजेको उनले टिप्पणी गरे । यस्तै, विद्युत् विकास विभाग तथा राष्ट्रिय गौरवका आयोजनाले स्वदेशमै उत्पादन हुने वस्तु १ प्रतिशत भन्सार दरमा आयात गर्ने÷गराउने परिपाटीको अविलम्ब अन्त्य गरी यस्ता उद्योगको संरक्षण गर्नेतिर बजेटले ध्यान दिन नसकेको संघको ठहर छ । बजेटका सकारात्मक पक्ष धेरै रहेको जनाउँदै संघले २९ वटा बुँदामा त्यसलाई उल्लेख गरेको छ । ‘बजेट वक्तव्यका सकारात्मक पक्षले विगत वर्षदेखि निजी क्षेत्रका उद्योगी, व्यवसायी र सम्बद्ध संघ–संस्थाले उठाउँदै आएका अधिकांश मुद्दा सम्बोधन गर्न सफल भएकाले समग्रमा यो बजेट निजी क्षेत्रमैत्री बन्न सक्ने उल्लेख छन् ।

सरकारले वित्तीय अराजकता रोक्नुपर्छ : अध्यक्ष लोहनी

विराटनगर : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले वित्तीय अराजकता रोक्न सरकारसँग माग गरेका छन्। विराटनगरमा शुक्रबार पत्रकारसम्मेलन गर्दै लाेहनीले ओली सरकारले वित्तीय अराजकता अन्त्य गर्नुपर्ने, कर फछर्यौट आयोगका नाममा छूट गरिएको कर असुली गर्नुपर्ने, एनसेललाई ...