मोटोपना आजको विश्वको जल्दोबल्दो स्वास्थ्य समस्या हो । जङ्क फुड, फास्ट फुड, मानसिक तनाव, ढिलो विवाह, व्यायामको कमी, सौखिन बानी आदि तथा तुलनात्मक रूपमा पोषिलो खानाको कारणले पनि यो समस्या चुलिन थालेको हो । विकसित तथा विकासोन्मुख मुलुकमा पनि मोटोपनाको समस्या बढ्दो छ ।