नेपालमा यसको अवस्था कस्तो छ भन्ने यकिन तथ्याङ्क भने छैन । तर, विज्ञहरूका अनुसार यो समस्या बढ्दो क्रममा छ । यस्तै, विश्वभर १ अर्बभन्दा बढी मानिसमा मोटोपन छ ।
काठमाडौं । राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस अर्थात् मार्च ४ को सन्दर्भ पारेर शनिवार विहान काठमाडौको बसन्तपुर परिसरमा ‘फाइभ–के फन रन’ आयोजना गरेको छ । उक्त प्रतियोगिता अन्तरगत १ हजार जनाको दौडमा सहभागिता रहेको थियो । दौड शुरू हुनुभन्दा पूर्व सहभागीहरूले प्रतिभा तथा समूहको तालमा जुम्बा नृत्य पनि गरेका थिए । दौडको शुरूवात म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले सिठी बजाएर गरेका थिए । प्रतियोगितामा सहभागीहरुले बसन्तपुर, न्यूरोड,जमल, रत्नपार्क,भद्रकाली, सुन्धारा परिक्रमा गरेर बसन्तपुरमा पुगी दौड समाप्त गरेका छन् । सहभागीहरुलाई आयोजकहरुको तर्फबाट प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागिताका लागि रू. २०० दर्ता शुल्क तोकिएको थियो । विगतमा निःशुल्क सहभागिता गराउँदै आएकोमा यो वर्ष भने अर्टिजम भएका बालबालिकाका लागि देशैभरी कार्यक्रम गर्ने उद्देश्यले २०० रुपैयाँ दर्ता शुल्क तोकिएको एनआरएस स्पोर्टसकी अध्यक्ष बागमती राईले जानकारी दिइन् ।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च ४, आजको दिनलाई मोटोपना दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्षको विश्व मोटोपना दिवसको नारा ' मोटोपना बारे कुरा गरौं ' रहेको छ ।
राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
तस्वीरहरू : सुनिल शर्मा/ आर्थिक अभियान
राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस अर्थात् मार्च ४ को सन्दर्भ पारेर शनिवार विहान काठमाडौको बसन्तपुर परिसरमा आयोजित जुम्बा नृत्यमा सहभागीहरु । ‘फाइभ–के फन रन’ अन्तरगत आयोजित प्रतियोगितामा १ हजार जनाको दौड प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगितामा सहभागीहरुले बसन्तपुर, न्यूरोड,जमल, रत्नपार्क,भद्रकाली, सुन्धारा परिक्रमा गरेका छन् ।
राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान
काठमाडौँ – नेपालमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओडि) २० देखि ४० वर्षको महिलामा धेरै देखिने गरेको छ । पछिल्लो समय यो समस्या धेरै बढेको तथ्याङ्कहरू बाहिर आएका छन् । यसै विषयमा आधारित रहेर शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ गाईनोक्लोजिष्ट डाक्टर निभा ओझासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश: महिला प्रजनन स्वास्थ्यमा पिसिओडि कस्तो समस्या हो […]
मानिसहरू मोटोपनाका कारण चिन्तित देखिन्छन् । मोटोपना घटाउन उनीहरूले जिमदेखि डाइटिङसम्म गर्छन् । तर पनि मोटोपना ज्यूँका त्यूँ हुन्छ ।
त्यस्तै आज हामी तपाईंलाई बिना डाइटिङ मोटोपना कम गराउनका लागि भोजनमा समावेश गर्नुपर्ने केही खानाका परिकारहरूबारे जानकारी दिँदैछौं ।
पालकमा कम मात्रामा क्यालोरी हुन्छ । यसमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर र मिनरल्स हुने भएकाले हामीलाई चाहिने पोषक तत्व प्रदान गर्छ । यसले मोटोपना कम गर्न पनि सहयोग पुर्याउँछ ।
मोटोपना कम गराउन तथा शरीरलाई फिट राख्न माछा सेवन पनि एउटा अप्सन हो । यसमा के...
असन, काठमाडौंका हरिश श्रेष्ठ आफ्नो १० वर्षको छोरा मोटाएर १५ वर्षको देखिँदा त्यसै त चिन्तित थिए नै त्यसैमा विगत दुई वर्षदेखि शिक्षणसंस्था बन्द र लकडाउनले छोरा फर्सीझँै भएपछि चिकित्सकसँग परामर्श गर्दै छन् । छोरा भात, साग खाँदैन, केवल चाउचाउ, चकलेट मात्र खान्छ । हरिशजस्तै धेरै अभिभावकलाई यस्तो चिन्ता छ । धेरै बच्चा भिडियो गेम […]
The post लकडाउनले पनि बढाउँदै छ मोटोपना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ ।
पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ ।
मोटोपन घटाउन तपाई व्यायाम गर्न समेत अल्छि मान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपन घटाउन सकिन्छ । तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन् ।
यसरी घटाउन सकिन्छ मोटोपन
दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर ख...
एजेन्सी । मोटोपना आजभोलि एक जटिल समस्या बन्दै गइरहेको छ । मानिसको तौल विभिन्न कारणले बढ्ने गर्दछ जसमा मुख्यतया खाना एवं जीवनशैली, धुम्रपान, थायराइड,...
फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।