काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटाउन रुलिङ गरेका छन्। आइतबारको संसद् बैठकमा सभामुखले संसद्मा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै एमालेलाई अवरोध हटाउन आग्रह गरेका हुन्। सभामुखले भने, ‘सभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने