सर्वोच्च अदालतका न्यायाधीशहरूले बेञ्च बहिष्कार गरेको सोमबार २२ औँ दिन पुगेको छ । कात्तिक ८ गतेदेखि बेञ्च बहिष्कार सुरु गरेका न्यायाधीशहरू अझै पनि इजलासमा फर्कन सकेका छैनन् । बल्लबल्ल हेरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि कहिलेकाहीँ प्रभावित भइरहेको छ । नेपाल बार एशोसिएसनले आन्दोलनको घोषणा गरे लगत्तै सर्वोच्चका न्यायाधीशहरूले पनि बेञ्च बहिष्कार सुरु गरेका थिए । तर लामो समय बेञ्च बहिष्कार गर्दा जनताले दु:ख पाएको भन्दै न्यायाधीशमाथि नै प्रश्न पनि उठ्न थाल्यो । आलोचना बढेपछि