न्यायिक आचरणविपरीत काम गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरूको विद्रोह भएको छ । विगतमा उनी निकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् ।
आइतवार सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।
आइतवार न्यायाधीशहरूको बैठकमा १४ जना उपस्थित थिए भने ४ जना काठमाडौं बाहिर र एकजना विदेशमा छन् ।
बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्...