रुसी सेनामा गएका नेपाली युवाको मृत्युबारे सांसदले मागे सरकारसँग जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रुसी सेनामा नेपाली युवाको अनधिकृत भर्तीबारे सरकार गम्भीर नबन्दा युद्धमा नेपालीको मृत्यु भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बजगाईले यसअघि रुसी सेनामा भर्तीको बारेमा प्रश्न उठाउँदा आफ्नै पार्टीका परराष्ट्रमन्त्री एनपी साउदबाट ठोस जवाफ नआएकोमा समेत असन्तुष्टि जनाए । बजगाईले भने– रसियन […]

सम्बन्धित सामग्री

रुसी सेनामा थप १० नेपाली युवाको मृत्यु

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप १० नेपालीको मृत्यु भएको छ ।मस्कोस्थित नेपाली दूतावासबाट प्राप्त जानकारीअनुसार पछिल्लो पटक मृत्यु पुष्टि भएका १० सहित ज्यान गुमाउने नेपालीको संख्या ३५ पुगेको छ ।

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु (सूचीसहित)

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप सातजना नेपाली युवाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आज चैत्र १ गते एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका …

रुस तथा युक्रेनको श्रम स्वीकृति बन्द

काठमाडौं। सरकारले रसिया र युक्रेनको रोजगारीमा जानेलाई दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । बिहीवार वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनको जारी युद्धका लागि नेपाली नागरिक खासगरी रुसी सेनामा भर्ना भइरहेको पाइएपछि ती दुवै देशमा श्रम स्वीकृति दिन बन्द गरिएको बताएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले यी दुई देशमा दिँदै आएको संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति अर्को निर्णय नहुँदासम्मलाई बन्द गरिएको बताए । ‘रुसी सेनामा भर्ना भएर नेपालीहरूको मृत्यु भएको खबर आइरहेको छ,’ उनले भने, ‘त्यसैले यस विषयमा थप क्षति नहोस् भनेर तथा अध्ययन तथा छानबिन पनि भइरहेकाले अहिलेलाई श्रम स्वीकृति रोकेका हौं ।’ यसअघि नै रुसी सेनामा भर्ना भएका १० नेपाली युवाको मृत्यु भइसकेको छ भने चारजना नेपाली अझै युक्रेनी सेनाको नियन्त्रणमा छन् । अहिलेसम्म रुसी सेनामा कति नेपाली छन् भन्ने एकीन नभए पनि विभिन्न स्रोतहरूले झन्डै ५०० नेपाली रुसी सेनामा रहेको अनुमान गरेका छन् । रुसी सेनामा जानेमध्ये कतिपयले नेपालको र केहीले भारतीय विमानस्थल प्रयोग गर्ने गरेको पाइएको छ । यद्यपि नेपालको कानून अनुसार नेपाली युवा रुसको सेनामा भर्ना हुन भने पाइँदैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको छ । यससँगै जोखिमपूर्ण कामका लागि समेत नेपाली युवा प्रयोग हुन थालेका छन् ।