काठमाडौं : काली गण्डकी आयोजनाको १४० मेगावाट विद्युत भारत निर्यात हुन थालेको छ। गए मध्यरातिदेखि आयोजनाको विद्युत् निर्यात गर्न थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतले निकासीको स्वीकृत दिए बमोजिम विद्युत निर्यात गरिएको हो। भारतले त्रिशुली, देवीघाट,मस्र्याङदी, मध्यमस्र्याङदी, लिखु खोला जलविद्युत् आयोजनाका साथै काली गण्डकी आयोजको विद्युत्लाई निर्यातका लागि स्वीकृती दिएको छ। यस अघि नेपालले देवीघा र त्रिशुली आयोजनाको विद्युत पठाउदै आएको थियो। काली गण्डकीको विद्युत् निर्य