आज रातिदेखि कालीगण्डकीकाे बिजुली भारतलाई बेच्न थालिने

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी 'ए' विद्युत् गृहबाट उत्पादित बिजुली भारत निर्यात सुरु हुने भएको छ । प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित बिजुली आज शनिवार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा बिहीवारदेखि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा झन्डै ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७ दशमलव ७ मे...

सम्बन्धित सामग्री

भारतलाई थप ३०० मेगावाट बिजुली बेच्न नयाँ प्रसारणलाइन तय

२६ असार, काठमाडौं । भारतसँग अन्तरदेशीय विद्युत व्यापारका लागि नेपालले नयाँ प्रसारणलाइनहरु पाउने भएको छ । भारतका केन्द्रीय प्रसारणलाइनमार्फत मात्रै अब भारतीय राज्यस्तरको लाइनहरुमार्फत पनि बिजुली व्यावसायिक निर्यातको बाटो खुलेको हो । हाल प्रयोगमा रहेको ४ सय केभीको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट थप विद्युत निर्यात गर्न क्षमताले नधान्ने भएपनि बिहारसँग जोडिएका ४ वटा १३२ केभी प्रसारणलाइन […]

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म १५ हजार मेगावाट बिजुली

नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए। उनले नेपालमा यातायता, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानीको लागि गर्न आग्रह गरे।...

भारतमा बल्न थाल्यो नेपालको बिजुली

काठमाडौं, जेठ २७। गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए । ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आजबाट […]

भारतलाई बेच्न थालियो बिजुली

काठमाडौं । गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए । ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आज (शुक्रबार)बाट […] The post भारतलाई बेच्न थालियो बिजुली appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेच्न थालियो करिब १७८ मेगावाट बिजुली भारतलाई

काठमाडौँ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नेपालले गत बुधबार रातिबाट त्रिशूली र देवीघाट जलविद्युत आयोजनाको करिब ३९ मेगावाट बिजुली भारतमा बेच्न थालेको थियो । नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गत […]

नेपालले भारतलाई बिजुली बेच्न लाग्यो, प्रतियुनिट १० रुपैयाँ ४८ पैसा

काठमाडौं । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ । गए रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ मा बेचेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो । सबै सेवा शुल्क घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको प्राधिकरणको भनाई छ । यो […]

बढी भएको बिजुली नेपालले भारतलाई बेच्न थाल्यो, मुल्य कति ?

नेपालले भारतलाई नेपालमा बढी भएको बिजुली बिक्रि गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले गतरातिदेखि भारतलाई बिजुली बिक्रि गर्न थालेको हो ।बर्षा हुन थालेसंगै नदीहरुमा पानीको सतह बढेर बिजुली उत्पादन बढ्न थालेको छ । बढी बिजुली उत्पादन हुँदा नेपालमा खपत नभएर बढी भएको बिजुली भारतलाई बिक्रि गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालिएको हो । उनका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स) मार्फत बिजुली बिक्रि गर्न थालिएको हो ।ऊर्जा एक्सचेन्ज बजारमा हरेक ब्लकको लागि छुट्टाछुट्टै मूल्य तय हुन्छ । एउटा ब्लक १५ मिनेटको हुन्छ भने माग र आपूर्ति अनुसार प्रत्येक ब्लकको लागि फरक फरक मूल्य तय हुन्छ । एउटा ब्लकमा अधिकतम् मूल्य भने १२ रुपैयाँसम्म तोकिएको छ। औसत रुपमा प्रतियुनिट ६.२८ पैसासम्ममा बिजुली विक्री हुने देखिएको प्राधिकरणले जनाएको छ।नेपालले गत चैत्रमा थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न सहमति पाएको थियो । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको थियो ।नेपालले त्यस  अघि नै ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । गत चैत्रसम्म भारतले त्रिशुली र देवीघाट आयोजनाको कूल ३९ मेगावाट बिजुली नेपालबाट लिने गरेको थियो । चैत्रमा  थप ३२५ मेगावाट बिजुली बिक्रि गर्न पाउने भएसंगै अब नेपालले  कुल ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न पाउने  छ।  नेपालले यो बिजुली विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्नु पर्ने छ । जसमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने छ ।  भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मर्स्याङ्दी (७० मेगावाट), मर्स्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो।

सरकार रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न लागिपरेको छ : भीम रावल

५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको आरोप लगाएका छन् । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले यस्तो आरोप लगाएका हुन् । भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै बिजुली भएको भन्दै राष्ट्रिय स्वार्थ […]

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति

काठमाडौं, २३ चैत्र । नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्न स्विकृति नेपालले पाएको जानकारी दिएकी हुन् । भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न यो भन्दा पहिले स्वीकृती दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको […]

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत बेच्न पायो अनुमति

काठमाडौंः नेपालले भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ। २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट मात्रै विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्न नेपालले स्वीकृति पाएको थियो। ऊर्जा मन्त्री पम्फा भुसालसहित बुधबार पत्रकार सम्मेलन गर्दै बिजुली बेच्न पाउने क्षमता ३९ मेगावाटमा ३२५ मेगावाट थप गरी कुल ३६४ मेगावाटसम्म…