शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरोकारवाला विज्ञहरुको सुझावका आधारमा मात्रै ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबार गरेको ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल’ कार्यक्रममा मन्त्री भट्टराईले विधेयक संशोधनकर्ताले राखेको संशोधनलाई समावेश गरी विधेयकलाई पूर्णता दिने बताइन् ।