काठमाडौं : आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।अध्यक्ष साहले संसदमा पेस गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले त्यसलाई सरकारले फिर्ता गर्नुपर्ने बताएका हुन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विधेयकमा शिक्षा क्षेत्रलाई उत्पादनसँग जोड्ने, अवैधानिक रुपमा खुलेको शिक्षण संस्थाहरूलाई वैधानिक बनाउने कुनै पनि खालको सोच नभएको भन्दै असन्त