करीब १ हजार ५०० दम्पतीलाई सन्तान प्राप्तिको खुशी दिन सफल वात्सल्य

वैशाख ७, काठमाडौं । बदलिँदो जीवनशैली, असन्तुलित खानपान, वातावरण प्रदूषण जस्ता विभिन्न कारणहरुले हाम्रो प्रजनन् क्षमतामा कमी आइरहेको छ । वर्षेनि सयौं दम्पतिहरु ३ देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर आइभिएफ (इन भिट्रो फर्टीलाइजेशन) जस्ता आधुनिक उपचारका लागि विदेश नै जानुपर्ने वाध्यता रहँदै आएको छ । यस्तै बाध्यता देख्दै आएकी वात्सल्यका कार्यकारी निर्देशक शृष्टि खड्काको सक्रियतामा नेपालमा नै यस्तो सेवा प्रदान गर्ने सोचका साथ ४ वर्षअघि वात्सल्यको स्थापना भएको हो । खड्काले नेपालमै अन्तरराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने सोचका साथ सोही अनुरुपको प्रविधि र जनशक्ति विकासमा जोड दिदैँ आएकी छिन् । यौन जीवनसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्न हिच्किचाउने हाम्रो परिवेशमा दम्पतिलाई सहज महसुस गराउन, सफल हुन सम्भव छ भनी विश्वास दिलाउनका लागि सोही अनुरुपको वातावरण खड्काले निर्माण गरेकी हुन् । जसका कारण दम्पति र वात्सल्यका विज्ञहरुबीच आत्मीय सम्बन्ध विकास हुन सम्भव भएको र अवस्था अनुरुपको उपचारबाट अन्तरराष्ट्रिय मापदण्डभन्दा पनि अधिक सफलता हासिल भएको बताइएको छ । स्थापनाको छोटो समयमै करीब १ हजार ५०० ओटा आईभीएफ, ३०० ओटा आईयूआई र ४५०ओटा  प्राकृतिक गर्भधारण गराउन सफल उक्त क्लिनिकमा अन्तरराष्ट्रिय स्तरको प्रविधि र सेवाको अनुभव भएका चिकित्सकहरु रहेका छन् । सबै सुविधा भएका कारण निः सन्तान सम्बन्धि सम्पूर्ण उपचार सफलताका साथ नेपालमै गराउन सम्भव भएको निर्देशक खड्काले बताइन् । हालसम्म वात्सल्यमा नेपाल, पाकिस्तान, हङकङ, जापान, अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा बस्ने विभिन्न दम्पतिले सफल उपचार गराइसकेका छन् ।  एक जना ५० वर्षीय जापानी महिलाको आईभीएफ सफलताको विशेष अनुभव सुनाउँदै खड्काले भनिन्, ‘जापानी महिलाको ३/ ४ ओटा  आईभीएफ प्रयास जापान मै असफल भइसकेको थियो । नेपाल आउँदा महिनावारी पनि सुकिसकेको थियो त्यसैले विगतको अवस्थालाई राम्ररी अध्ययन गर्दै उपचार थाल्यौं । उमेर आफैंमा एक ठूलो चुनौति हो । विशेष निगरानी र सावधानीले गर्दा पहिलो प्रयासमै दुई सन्तान प्राप्त भयो ।’ निःसन्तान सम्बन्धि कारण पहिचान र उपचार, आईभीएफ, आईयूआई , वीर्य जाँच, डिम्ब/शुक्राणु/भ्रूणको फ्रिजिंग, प्रसुतिपूर्वको सम्पूर्ण जाँच, डाइटिसियन सेवा, बालरोग उपचार सेवा जस्ता गर्भधारणसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको यस क्लिनिकको सेवा नारायणचौर, नक्सालका साथै बिटिएस चौक नेपालगञ्जबाट पनि प्राप्त गर्न सकिने जानकारी दिइएको छ । 

सम्बन्धित सामग्री

फिन्ल्याण्डमा नेपाली दम्पतीलाई जेल सजाय

काठमाडौं । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पतीलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याई मानव तस्करीका संलग्न भएकोमा दोषी करार गरिएको हो । उनीहरु दुबैलाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ । सापकोटा […]

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट

‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो।

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट

तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति पारित गरेको छ ।  ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो । छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगर सभाबाट पारित भएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् । नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट

दमौली । तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति पारित गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो । छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा […]

छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट

१३ असार, दमौली । तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति पारित गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो । छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका […]

दुई छोरी जन्माउने २६ दम्पतीलाई सम्मान

गुल्मी : चन्द्रकोट गाउँपालिकाले दुई छोरी जन्माउने २६ दम्पतीलाई सम्मान गरेको छ। समाजमा अझै छोरा नै चाहिन्छ भन्ने मानसिकता कायमै रहेकाले छोराछोरी  समान हुन् भन्ने सन्देश प्रवाह गर्न सम्मान गरेको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए।दुई वटा छोरी जन्माई पछिल्लो छोरी १० वर्ष उमेर कटेका २६ दम्पतीलाई सम्मान गरिएको उनले जानकारी दिए। चन्द्रकोट गाउँपालिका–५ ग्वाघाका उदयबहादुर पुनले गाउँपालिकाले समाजमा राम्रो सन्देश प्रवाह गरेको बताए।नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले चन्द्रकोट

वामदेव गौतम दम्पतीलाई कोरोना

काठमाडौं, १२ माघ । नेकपा (एमाले) का पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गाैतमले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् […]

वामदेव गौतम दम्पतीलाई कोरोना

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

निःसन्तान दम्पतीलाई वात्सल्यको ‘आईभीएफ’ सेवा

काठमाडौं। वात्सल्य नेचुरल आईभीएफ सेन्टरले निःसन्तान दम्पतीलाई आईभीएफ तथा नेचुरल फर्टिलिटी सेवालाई विशेष प्राथमिकता दिने भएको छ। सन्तान नभएका दम्पतीलाई आईभीएफ सेवा प्रभावकारी हुने वात्सल्य नेचुरल आईभीएफ सेन्टरकी स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा.सुमी नुमाकर्मीले बताईन्। दम्पतीमध्ये कुनै एकको बाँझोपनका कारणले सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा प्रविधिको प्रयोगमार्फत सन्तान जन्माउनु ‘टेष्ट ट्युब अर्थात आईभीएफ’ सेवा हो।

छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा छुट

तनहुँको व्यास नगरपालिकाले छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति अवलम्बन गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो । छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायत सबै करमा २० प्रतिशत छुट दिने …