काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।
निमोनिया समेत भए पछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अस्पताल भर्ना भए पछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन् । प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा न्याय सम्पादनका काम प्रभावित भएको हो ।...