दाङ : तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ र ९ का बासिन्दा पातुखोलाका कारण उच्च जोखिममा रहेका छन्। लामो समयदेखि खोला बगर रहेको त्यस क्षेत्रमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयदेखि बसोबास हुन थालेको हो। त्यस यता करिब २० वर्षमा बगर बस्तीमा परिणत भएपछि खोला भने कुलोमा परिणत भएको जानकारहरु बताउँछन्।पातुखोलाको पाँच किलोमिटर क्षेत्रमा बस्ती बसेको छ। बगरमा बस्ती बसेपछि बाढीको उच्च जोखिम भएको तुलसीपुर–५ का पदम केसी बताउँछन्। मानवीय लापरवाहीका कारण यस्तो अवस्था आएको उनको बुझाइ ५।केसीक