मान्छेले हाँसेपछि हाँसेको हाँस्यै गर्ने वा रोएपछि रोएको रोयै गर्ने भए त संसार कसरी चल्थ्यो र ! त्यसैले कहिले दुख, कहिले सुख, कहिले हाँसो, कहिले रुवाई हुनलाई पनि त विर्सने बानीको काम आई लाग्छ । दुख विर्सेर सुखतर्फ लाग्ने पनि त महान गुण हो । सामथ्र्य हो । शक्ति हो ।