काठमाडौं — कहिलेकाहीँ हामी यस्ता व्यक्तिको सामना गर्छौं जसलाई असाध्यै धेरै बोलिरहनुपर्छ । कुनै पनि विषयमा आवश्यकताभन्दा बढी र निरन्तर बोलिरहने मानिसले अरूलाई विचार राख्ने अवसर दिँदैन ।
तपाईं आफैंमा पनि यस्तो नराम्रो बानी हुनसक्छ । यो बानीका कारण मानिसहरू तपाईंबाट टाढिएका हुनसक्छन् । यो समस्याबाट मुक्ति पाउन तपाईंको मन दह्रो हुनुपर्छ । यहाँ केही टिपहरू छन् ।
सजिलो छ भन्नुस्
तपाईंले धेरै बोल्ने बानी छुट्दैन भन्ने धारणा राख्नुभएको होला । तर म यो बानी हटाउँछु भनी दिनदिनै प्रयास गर्दा तपाईंले सुपरिणाम...