अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।
टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन ।
अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ ।
आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् । त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ । स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ ।
अनि अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ ।
अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्नुस्...