नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदैछ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकेको सर्वोच्चले जनाएको छ ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ । पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। समूहका छलफलका क्रममा […]
सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ। सोमबार सुनुवाइ नसकिएपछि मुद्दामाथि न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर
नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी
नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो बलियो पकड बनाएको छ । दल विभाजनपछि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा बलियो उपस्थिति बनाउने देखिएको छ ।राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार दल विभाजनपछि नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गतेसम्ममा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराइसक्नुपर्ने छ । त्यसैले भदौ २२ अघि प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिबारे लेखाजोखा गर्न कठिन नै देखि
काठमाडाैँ – नयाँ दल दर्ताका लागि निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन्। आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ। एमालेबाट विद्रोह गरी माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट अलग भएर […]