गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सांसद गौतमको माग

नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमती भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ ।

सम्बन्धित सामग्री

कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

बागलुङ : नेपाल चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष माग गरिएको छ।अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराइएको हो। आज बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि कोराला नाका न

ठोरी नाका खोल्न व्यवसायीको माग

चितवन। चितवनका उद्योगी व्यवसायीले आर्थिक गतिविधि चलायमान बनाउन ठोरी नाका खोल्न माग गरेका छन् । ठोरी नाका सञ्चालन, देशमा देखिएको आर्थिक मन्दी र पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीको विषयमा उद्योग वाणिज्य संघ चितवनले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य संघ चितवनले आफ्नो कार्यालयमा चितवनका राजनीतिक दलका प्रमुखहरूलाई बोलाएर नाका सञ्चालनबारे ध्यानाकर्षण गर्दै समसामयिक विषयमा छलफल गरेको थियो । यो नाका सञ्चालनमा आए चितवनका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकलाई धेरै सहज हुने संघको विश्वास छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान आर्थिक मन्दी, ठोरी नाका सञ्चालन, पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, यातायातका साधनको पहुँच तथा व्यवस्थापन र व्यावसायिक अवस्थाबारे सबै राजनीतिक दलको ध्यानाकर्षण गराए । छलफलमा जिल्लास्थित राजनीतिक दलका नेताले सबैको उद्देश्य चितवनको आर्थिक विकास भएकाले साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । छलफलमा हाल निर्माणाधीन गोन्द्राङ–पुलचोक सडक छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने, पूर्वी चितवन, माडी र पश्चिम चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढ बजार पुलचोक, पोखरा बसपार्क हुँदै बाइपास रोड परिक्रमा गराउने अवधारणा तय भएको छ । ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सबै राजनीतिक दलले मिलेर पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।  पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियोे । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ ।  झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । नाका पूर्णरूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ । बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । झोलुङ्गे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो । झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ । रासस

तातोपानी नाका सुचारू गर्न एमालेकाे माग

काठमाडाैं । नेकपा एमाले सिन्धुपाल्चोकले तातोपानी नाका पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन माग गरेको छ । एमाले सिन्धुपाल्चोकले आज शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नाका सञ्चालनमा ल्याउन माग गरेको हो । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो […]

कोइलावास नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने दाङका व्यवसायीको माग

दाङ – दाङ जिल्ला उद्योग वाणिज्य संघले कोइलावास नाकालाई पूर्ण रुपमा सञ्चालनको लागि भारतमा छलफल गरेको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघ र भारतको तुलसीपुर व्यापार मण्डलको बीचमा कोइलावास नाका पूर्ण रुपमा सञ्चालन गर्न भारतको तुलसीपुरमा मंगलबार छलफल भएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा रहेको टोलीले भारत तुलसीपुर व्यापार मण्डलका […]

हिल्सा नाका सुचारु गराउन जनप्रतिनिधिहरुको माग

हुम्ला – कोरोनापछि बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाका सञ्चालनमा ल्याउनका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले माग गरेका छन्। हुम्लावासीको व्यापार व्यवसाय ठप्प रहेको र बेरोजगार युवायुवतीले काम गर्न नपाएको भन्दै नाका सुचारुका लागि सरकारसँग जनप्रतिनिधिहरुले माग गरेका हुन्। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले कोरोनाको कारण हिल्सा नाका बन्द रहेकोले त्यसलाई सुचारु गर्न सरकारसँग माग […]

चीनसँगको तातोपानी नाका भूकम्पपछि अस्थिर

काठमाण्डाै - भूकम्पपछि बन्द चीनसँगको तातोपानी नाका अझै सहज बनेको छैन । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार बन्द हुँदा मजदुर बिचल्लीमा परेका छन् । अस्थिर ७ वर्षदेखि अस्थिर बनेको नाकालाई सहज बनाउनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग समेत...

देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउन माग

चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ ।   सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् । सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि...

हिल्सा नाका सञ्चालनमा ल्याउन माग

नेपाल र चीनको व्यापारिक नाका हिल्सालाई सञ्चालनमा ल्याउन हुम्लावासीले माग गरेका छन् । व्यापार व्यवसाय गर्न, रोजगारीका लागि जान र पर्यटन प्रवद्र्धन गर्न जिल्लावासीले उक्त नाका सञ्चालनमा ल्याउन माग गरेका हुन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हुम्लावासीका लागि मात्र नभएर कर्णाली प्रदेश र सिङ्गो देशकै लागि महत्व राख्ने नेपाल र चीनको सीमानाका हिल्सालाई दुईतर्फी सञ्चालन गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।