प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाँचथरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे झिनो मतान्तरले एमालेका नेम्वाङभन्दा अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार आङदेम्वेले १२ हजार ९११ मत प्राप्त गरेका छन् भने नेम्वाङ १२ हजार ८८९ मतसहित उनलाई पछ्याइरहेका छन् । यी दुई बीच जम्मा २२ मतको अन्तर छ । सो क्षेत्रमा राप्रपाका कमलबहादुर चेम्जोङले ६८८ मत प्राप्त गरेका छन् ।