कांग्रेस झापा सभापतिमा थेबे र कट्टेल प्यानलबिच प्रतिस्पर्धा

झापा : झापामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएलगत्तै जिल्ला महाधिवेशनको माहौल तातिएको छ।कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृहजिल्लामा १४ औं जिल्ला महाधिवेशनमा दुईवटा प्यानलका उम्मेदवार चुनावी मैदान उत्रिएका छन्। दुवै प्यानल चुनावी मैदानमा उत्रिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ।नेता सिटौला र प्रवक्ता शर्मा समर्थनका दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि अहिले उम्मेदवारहरू पार्टीभित्रै मत तानातानमा जुटेका छन्।नेता सिटौला समर्थनका देउकुमार थेबे र प्रव